News Portal

  • लक्ष्मी लघुवित्तद्वारा विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    १७४५ पटक
    ३ फागुन, २०७७
    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न सामाजिक सेवाहरु प्रदान गर्दै आइरहेको छ । उक्त संस्थाको शाखा कार्यालय भकुण्डेबेशी, काभ्रेअन्तर्गत पर्ने नमोबुद्ध न.पा–८ मा अवस्थित दाप्चा माध्यामिक विद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत आर्थिक रुपमा विपन्न तथा जेहेन्दार बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ ।
    उक्त कार्यक्रममा संस्थाका सहायक महाप्रवन्धक सुन्दरप्रसाद श्रेष्ठ, सञ्चालन विभाग प्रमुख माधवप्रसाद शर्मा, शाखा प्रमुख दोषबहादुर थापा, शिक्षक तथा स्थानीय बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
    संस्थाले पुस मसान्त २०७७ सम्ममा ५२ वटा जिल्लामा आफ्नो कारोबार ७२ शाखा संजालद्वारा विस्तार गरी ग्रामीण, पिछडिएका, बैकिङ पहुँचबाट टाढा रहेका ग्राहक वर्गलाई लक्षित गर्दै ८९ हजार ग्राहक वर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
    प्रतिकृया दिनुहोस्