News Portal

  • शनिबार रातिदेखि ग्लोबल आइएमई बैंकका डिजिटल सेवा बन्द हुने

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८३
    १७ पटक
    २६ भदौ, २०८३

    काठमाडौं । ग्लोबल आइएमई बैंकका सम्पूर्ण डिजिटल बैंकिङ सेवा करिब ८ घण्टाका लागि अवरुद्ध हुने भएका छन् ।

    बैंकले डेटा सेन्टर स्थानान्तरणसम्बन्धी काम गर्नुपर्ने भएकाले भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म डिजिटल सेवा अवरुद्ध रहने जनाएको हो ।

    उक्त अवधिमा बैंकका एटीएम, कार्ड, मोबाइल बैंकिङ, अनलाइन रेमिट्यान्स, अनलाइन खाता खोल्नेलगायत सम्पूर्ण डिजिटल सेवा सञ्चालन नहुने बैंकले जनाएको छ ।

    बैंकले सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै निर्धारित समयपछि सबै सेवा नियमित रूपमा सञ्चालनमा आउने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्