News Portal

  • प्रभु बैंकका ग्राहकलाई सुजुकीका गाडी किन्दा १ लाख ७५ हजार छुट

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८३
    ५७ पटक
    २४ भदौ, २०८३

    काठमाडौं । मारुती सुजुकी गाडीको आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

    सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् ।

    सम्झौता २०२६ सेप्टेम्बर ७ देखि २०२७ सेप्टेम्बर ६ सम्म लागू हुनेछ ।

    प्रभु बैंकले नेपालभर रहेका ३०० शाखा, २६२ एटीएम तथा ६६ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

    ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथ बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्