आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
१७ भदौ, २०८३काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ८ लाख ६१ हजार ६९४ रुपैयाँ सहयोग गरेको छ ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै संस्थाले दुःख व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरेको आह्वानअनुसार संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो ।
कुल रकममध्ये संस्थाको तर्फबाट ५ लाख रुपैयाँ र संस्थामा कार्यरत कर्मचारीको तर्फबाट ३ लाख ६१ हजार ६९४ रुपैयाँ सहयोग गरिएको छ ।
सिवाईसी नेपाल लघुवित्तले विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।
