News Portal

  • बाढीको शोकमा करदाता प्रोत्साहन पुरस्कार स्थगित, असोज १ गते घोषणा हुने

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    १३ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीबाट देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ ।

    आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि प्रत्येक महिनाको पहिलो दिन र १६ गते हुँदै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यसपटक स्थगित गरिएको हो ।

    स्थगित गरिएको भदौ १६ गतेको कार्यक्रमसहित भदौ महिनाभरिका विजेताको घोषणा आगामी असोज १ गते गर्ने निर्णय गरिएको विभागले जनाएको छ ।

    विभागले विपद्का कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्