आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
१७ भदौ, २०८३काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औं बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
प्रस्तावअनुसार सेयरधनीले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर (करसहित) पाउनेछन् ।
बैंकले यो लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि आगामी २०औं वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्ने जनाएको छ।
लाभांश सम्बन्धी निर्णयबारे बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।
