News Portal

  • पिताम्बर भण्डारी बने नेपाल बैंकका नयाँ अध्यक्ष

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    ३८ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् ।

    बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

    नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

    नेपाल बैंकले अध्यक्ष नियुक्ति र शपथ ग्रहणबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्