News Portal

  • ठाकुर बराल र भेञ्चर ट्रेडिङले बिक्रीमा राखे लुम्बिनी विकास बैंकको सेयर

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    ३९ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको १ लाख ५१ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

    बैंकका संस्थापक सेयरधनी ठाकुरप्रसाद बरालले आफ्नो नाममा रहेको ८ हजार कित्ता र भेञ्चर ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट प्रालिले आफ्नो नाममा रहेको १ लाख ४३ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।

    बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै उक्त सेयर खरिद गर्न इच्छुक भए ३५ दिनभित्र लिखित जानकारी गराउन आग्रह गरेको छ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्