News Portal

  • राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित

    आर्थीकसंसार संवाददाता२८ माघ, २०७७
    ४६७ पटक
    २८ माघ, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ २८ गते सम्पन्न बैंकको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको ४.५० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
    यससँगै बैंकका सेयरधनीले गत आव २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको साढे ४ प्रतिशत लाभांश पाउने भएका छन् । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैंकको सभाले लाभांश प्रस्तावसहित आ।व। २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । बैंकको हाल ७७ जिल्लामा २४५ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

    प्रतिकृया दिनुहोस्