News Portal

  • बीओकेको ईन्टरनेट बैंकिङ्ग सेवामा थपियो सुविधा

    आर्थीकसंसार संवाददाता२७ माघ, २०७७
    ४४५ पटक
    २७ माघ, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ईन्टरनेट बैंकिङ्ग सेवाको स्तरोन्नति गरेको छ । बैंकले आफ्नो ईन्टरनेट बैंकिङ्ग सेवा ‘बिओके किल्क’ विभिन्न आकर्षक सेवा तथा सुविधाहरुसहित स्तरोन्नति गरेको हो ।
    बैंकले यसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपिएस सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
    साथै यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्