News Portal

  • एनआईसी एशिया बैंकले बन्द गर्यो ७ वटा शाखारहित बैंकिङ सेवा

    आर्थीकसंसार संवाददाता२२ साउन, २०८३
    २४ पटक
    २२ साउन, २०८३

    काठमाडौं । एनआईसी एशिया बैंकले देशका विभिन्न सात स्थानमा सञ्चालनमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गरेको जनाएको छ ।

    बैंकले सञ्चालक समितिको निर्णय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि देशभरका ७ वटा शाखारहित बैंकिङ सेवा बन्द गरिएको जनाएको हो ।

    बैंकका अनुसार मोरङको अमरदह, सुनसरीको सिंगिया, सिराहाको भोक्राह र सारस्वर, काठमाडौंको टोखा– झोर माहाँकाल, सर्लाहीको श्रीनगर तथा दार्चुलाको धतुमा रहेका शाखारहित बैंकिङ सेवा बन्द गरिएका हुन् । यी स्थानका सेवाग्राहीले क्रमशः पथरी, झुम्का, मिर्चैया, सिराहा, टोखा, लालबन्दी र दार्चुला शाखाबाट बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार बन्द गरिएका सेवा केन्द्रका ग्राहकले अब नजिकको बैंक शाखाबाट नियमित बैंकिङ सेवा लिन सक्नेछन् । सेवा लिन कुनै असुविधा भए कार्यालय समयभित्र सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्