News Portal

  • साना किसान विकास लघुवित्तको नाफा घट्यो, यस्ता छन् अन्य वित्तीय सूचक

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८३
    २९ पटक
    १७ साउन, २०८३

    काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा संकुचन आएको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मकोको तुलनामा नाफा २५.३६ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले ८७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    यस अवधिमा लघुवित्तले १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा लघुवित्तले १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी पनि घटेको हो ।

    त्यस्तै, सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर ९३ करोड रुपैयाँमा सीमित भएको छ। लघुवित्तको चुक्ता पूँजी ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँबाट बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ रहेको छ।

    लघुवित्तको कुल सम्पत्ति ४१ अर्ब ५० करोड रुपैयाँबाट बढेर ४१ अर्ब ९९ करोड २४ लाख रुपैयाँ पुगेको छ। लघुवित्तले साना किसान तथा अन्य सहकारीहरूलाई प्रवाह गरिएको नेट कर्जा ३४ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ।

    प्रतिकृया दिनुहोस्