News Portal

  • प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ साउन, २०८३
    २८ पटक
    १७ साउन, २०८३

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न भएको छ।

    आर्थिक वर्ष २०८२/८३ को समीक्षा, नयाँ आर्थिक वर्ष २०८३/८४ रणनीति, आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने कर्मचारी, शाखा, शाखा प्रमुख, प्रदेश प्रमुखलाई सम्मान र पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथको तालिमका साथ कार्यक्रम सम्पन्न भएको हो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सन्तोष प्रसाईंले कार्यक्रमको उद्घाटन गरेका थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ प्रसाईंले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ मा गरेको व्यवसाय अघिल्लो आर्थिक वर्षभन्दा राम्रो वृद्धिदर भएकाले सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित लगायतलाई धन्यवाद व्यक्त गरे ।

    उनले आगामी आर्थिक वर्षको व्यवसायीक रणनीतिका बारेमा प्रष्ट पार्दै ढुक्कले अघि बढ्न हौसला समेत प्रदान गरे ।

    कम्पनीका व्यवस्थापन, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरू, सेल्स एक्जुकेटिभ गरी देशैभरिबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

    कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ उत्कृष्ट काम गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ लगायतलाई विशेष सम्मानसमेत गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) किशोर प्रसाद लामिछानेले कम्पनीले आगामी दिनमा अझ ठूला सफलता प्राप्त गर्न विगतका अनुभवबाट सिकेर सुधार गर्दै अगाडि जानु पर्ने बताए ।

    प्रतिकृया दिनुहोस्