आर्थीकसंसार संवाददाता६ साउन, २०८३
६ साउन, २०८३काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार २५५ कित्ता संस्थापक शेयर बैंकका बिक्री गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
