७ जेठ, २०८३काठमाडौं । सहकारी संस्थाहरूको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना र सुशासन सम्बन्धी कार्यक्रम आइतबार तानसेनमा अन्तर्क्रिया सम्पन्न भएको छ । जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सहकार्यमा भएको कार्यक्रममा जिल्लाभरिका सहकारीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु र व्यवस्थापकको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सहकारीका शेयर सदस्यको बचत सुरक्षण को लागि बीमा गर्नुपर्ने बताए । उनले सहकारी परिसर, बजारमा संकलन गरेको रकम र सहकारी कार्यालयबाट बैंकसम्म जाँदा हुने लुटपाट वा हराउने खतरालाई मध्यनजर गरेर बीमा गर्न सकिने उनले बताए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स तानसेन शाखाका प्रमुख करुणा काफ्ले र रामपुर शाखा प्रमुख डोल प्रसाद श्रेष्ठ कृषि पशु पंक्षि तथा जडिबुटी बीमाका बारेमा सहजीकरण गरेका थिए ।
त्यस्तै, सचिव कृष्ण भट्टराई सहकारी संघका अध्यक्ष भूपति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न सहकारीका संचालक समितिका पदाधिकारी र व्यवस्थापक गरी उल्लेख्य सहभागिता रहेको थियो ।
