आर्थीकसंसार संवाददाता७ जेठ, २०८३
७ जेठ, २०८३काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, विवाह, ब्रतन्ध, पास्नी तथा जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसले भविष्यलाई सुरक्षित बनाउँछ । यसैक्रममा धरान १४ विजयपुरकी कृषा राईले आफ्नो छोरी सियाग राईलाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छन् ।
उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, धरान शाखाबाट बीमा पोलिसी आफ्नाी छोरीलाई दिएको शाखा प्रमुख निमेन्द्र लिम्बुले जानकारी दिए ।
बच्चाको उज्जवल भविष्य र भोलि कमाउने मान्छेलाई कुनै जोखिम हुँदा बच्चाको भविष्य र परिवारको आर्थिक अवस्थामा कुनै असर नहुनुको साथै बच्चालाई मनोवैज्ञानिक रुपमा परिवारको भरोसा र जिम्मेवारी छ भनि बोध गराई बच्चालाई परिवारप्रति भरोसा र सही मार्गदर्शन गर्न प्रेरित गर्ने उद्देश्यले बीमा गरिदिएको कृषाले बताइन् ।
