४ जेठ, २०८३काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनलाई प्राथमिकता दिँदै ढल्केश्वर महादेव मन्दिर परिसरमा ५०० वटा बिरुवा रोपेको छ । लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा मञ्चद्वारा सञ्चालन भइरहेको देशव्यापी ‘१० लाख वृक्षरोपण तथा संरक्षण अभियान’ मा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त वृक्षरोपण गरेको हो ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २०० वटा अम्बाका साथै १५०र१५० वटा अमला र कागतीका बिरुवा खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले वृक्षरोपण केवल औपचारिक कार्यक्रम मात्र नभई वातावरणीय सन्तुलन कायम राख्न, स्वच्छ वातावरण निर्माण गर्न तथा स्थानीय क्षेत्रमा हरियाली विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । उनले यस्ता अभियानले जैविक विविधता संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षण तथा नियमित हेरचाहमा विशेष ध्यान दिन मन्दिर संरक्षण संस्थासँग आग्रह गरे ।
लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक एवं अध्यक्ष बासु गौतमका अनुसार देशभरका स्थानीय निकाय, सामुदायिक विद्यालय तथा विभिन्न मन्दिर र समुदायका प्रयोगविहीन खाली जग्गाहरूमा स्थानीय समुदायकै सहभागितामा सञ्चालन भइरहेको यस महाअभियानअन्तर्गत विशेषगरी फलफूलका बिरुवा तथा धार्मिक एवं सांस्कृतिक महत्त्व बोकेका रैथाने प्रजातिका रुखहरूको रोपण र संरक्षणमा विशेष जोड दिइँदै आएको छ ।
