काठमाडौं । बैंक अफ काठमाण्डूले खाताबाटै विद्युतीय कारोबार गर्न सक्ने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा उपलब्ध गराएको हो ।
सो सम्झौतापत्रमा बैंकका प्रमुख सूचना अधिकार महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गरे । योसँगैं बैंकको संस्थागत ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन् ।
सो प्रणालीमार्फत कनेक्ट आइपिएस वा एनसिएचएल आइपिएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात बैंकको संस्थागत ग्राहकहरुले तोकिएको कारोबार सीमाभित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नेछन् । संस्थागत ग्राहकहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रक्रिया पूरा गरी बैकमा आवेदन दिनुपर्नेछ । यसको साथै ग्राहकहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरुसमेत आवद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुँदा संस्थागत ग्राहकहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ । यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंक अफ काठमाण्डूको ‘कर्पोरेट–पे’ सेवा सुरु
आर्थीकसंसार संवाददाता१४ माघ, २०७७
१४ माघ, २०७७- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?