News Portal

  • एनएमबि बैंकका ग्राहकलाई भारतको मेदांता अस्पतालमा १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता४ जेठ, २०८३
    ११ पटक
    ४ जेठ, २०८३

    काठमाडौं । एनएमबि बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा स्वास्थ्य सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।

    यस सहकार्यसँगै बैंकका ग्राहकहरूले मेदांता अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन् । बैंकका अनुसार ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

    त्यसैगरी, आइपिडी सेवाअन्तर्गत रुम भाडा तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि प्रदान गरिनेछ ।

    ग्राहकहरूको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप लाभ उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको बैंकले जनाएको छ ।

    थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१५० मा सम्पर्क गर्न वा इमेलमार्फत जानकारी लिन सक्नेछन् ।

    हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्