News Portal

  • बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सानिमा जिआईसी इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८३
    २४७ पटक
    १ जेठ, २०८३

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीमा बीमा गरी दाबी निवेदन पेस भएका तर हालसम्म पनि आवश्यक कागजपत्र बीमितबाट प्राप्त नभएकोले दाबी फर्छ्यौटमा बाधा परिरहेको कम्पनीले जनाएको छ।

    त्यसैले अबको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको पायक पर्ने प्रदेश, शाखा, उपशाखा तथा केन्द्रीय कार्यालयको दाबी विभागमा सम्पर्क गरी बीमा दाबी रकम फर्छ्यौट गर्न कम्पनीले आग्रह गरेको छ।

    तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्