News Portal

  • गोर्खाज फाइनान्सको नाफा बढ्यो

    आर्थीकसंसार संवाददाता११ माघ, २०७७
    ४६७ पटक
    ११ माघ, २०७७

    काठमाडौं । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा खुद नाफा १७८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको फाइनान्सले चालु आवको सो अवधिमा १७ करोड ३ लाख रुपैयाँ कमाउन सफल भएको हो ।
    संस्थाले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार फाइनान्सले समीक्षा अवधिमा १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको तुलनामा ३ करोड ५५ लाख रुपैयाँ कम हो । संस्थाले गत वर्षको यसै अवधिमा १७ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, अन्य सञ्चालन आम्दानी बढेर १४ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
    हाल ८६ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ छ । समीक्षा अवधिमा फाइनान्सले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन गत वर्षको सोही अवधिमा निक्षेप ७ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ५ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, संस्थाको निष्क्रिय कर्जा बढेर ४.४२ प्रतिशत पुगेको छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ३९.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्