News Portal

  • कर्जा व्यवस्थापन सुधार्न नेरुडे मिर्मिरेको देशव्यापी तालिम अभियान

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८३
    १२८ पटक
    ९ बैशाख, २०८३

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्ड सहायक कर्मचारीहरूका लागि कर्जा अनुशासन तथा फिल्ड कार्य सम्पादन अभिवृद्धि सम्बन्धि २ दिवसीय तालिम सम्पन्न गरेको छ ।

    कोशी प्रदेश कार्यक्षेत्र अन्तर्गतका ६७ वटा शाखा कार्यालयका १५६ जना कर्मचारीहरूको सहभागितामा रहेको थियो । प्रदेश मातहतका हिले, ईटहरी, विराटनगर, उदयपुर, उर्लाबारी, विर्तामोड, ईलाम र फिदिम क्लष्टर कार्यालयहरुले अलग अगल स्थानमा तालिम आयोजना गरेका थिए । तालिमलाई व्यवस्थित बनाउन इटहरी, विराटनगर, दमक, बिर्तामोड, इलाम र लहानमा २/२ दिने आवासीय तालिम आयोजना गरिएको जनशक्ति व्यवस्थापन प्रमुख राजेश श्रेष्ठले जानकारी दिए ।

    तालिमबाट संस्थाको सेवा प्रवाहको गुणस्तर सुधार गर्ने, कर्जा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने तथा ग्राहक सेवामा उत्कृष्टता हासिल गर्ने लक्ष्य राखि संस्थाकोे कार्यक्षेत्र रहेका सातै प्रदेशमा फिल्ड सहायक कर्मचारीहरुलाई लक्षित गरी तालिम संचालन भइरहेको प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद पौडेलले जानकारी दिए । राष्ट्रिय स्तरमा सञ्चालनमा रहेको यस नेरुडे मिर्मिरे लघुवित्त संस्थाले हाल ६१ जिल्लामा २२५ शाखा कार्यालयमार्फत ३ लाख १४ हजार बढि ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्