News Portal

  • नेशनल लाईफ र ग्राण्डी अस्पतालबीच सम्झौता, बीमा प्रस्तावकलाई छिटो मेडिकल सेवा

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८३
    १५ पटक
    ९ बैशाख, २०८३

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा प्रस्तावक तथा कर्मचारीका लागि सहुलियत र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग मेडिकल सेवा सम्बन्धी सम्झौता गरेको छ ।

    मिति २०८३ वैशाख ९ गते कम्पनीको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी अस्पतालका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    यस सम्झौताबाट कम्पनीसँग आबद्ध ग्राहक तथा कर्मचारीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्