News Portal

  • गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

    आर्थीकसंसार संवाददाता११ माघ, २०७७
    १४६५ पटक
    ११ माघ, २०७७

    काठमाडौं । गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमाखविकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरी पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाँडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।
    डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहक वर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।्
    हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्