४ बैशाख, २०८३काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४.०६ प्रतिशत बढेर ९ करोड ६२ लाख १८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६७ प्रतिशत बढेर २२ करोड १५ लाख ७७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १३ करोड २६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानी २ करोड ८२ लाख रुपैयाँ, कसल सञ्चालन आम्दानी २५ करोड ५७ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफा १३ करोड ७४ लाख ५५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ३ लाख ३० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, २ करोड ४४ लाख २९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १३ करोड २० लाख ८० हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
चैत मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख १० हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ९.९० प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १० करोड ८३ लाख रुपैयाँ र लाभांश क्षमता १०.६५ प्रतिशत थियो ।
१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३७ करोड ८३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
चैतसम्म बैंकले ८ अर्ब ५८ करोड १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८४ करोड ९० लाख ३६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको सोही अवधिसम्म बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८१ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप ३१.८८ प्रतिशत अर्थात् २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ र कर्जा ३२.२६ प्रतिशत अर्थात् १ अर्ब ६७ करोड ९ लाख रुपैयाँ बढाएको हो ।
बैंकको प्रतिसेयर आम्दानी १०.५४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३९.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९ गुणा छ ।
समीक्षा अवधिमा बैंकले खराब कर्जा पनि घटाएको छ । गत वर्ष ०.७८ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैतमा ०.४८ प्रतिशत झारेको छ । चैतसम्म बैंकको आधार दर ६.०५ प्रतिशत छ ।
