३० चैत, २०८२हेटौँडा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखा कार्यालयको आर्थिक वर्ष २०८१।८२ को वार्षिक कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाको उपस्थिति थियो। कार्यक्रममा अतिथिका रुपमा पूर्वएमडीआरटीहरु भरत रोका, केशवकुमार शाही, भूमिनन्द गौतम र नारायण सुवेदीको सहभागिता थियो। नेशनल लाइफका प्रतिनिधिहरु तथा २५० भन्दा माथि अभिकर्ताको उपस्थिति थियो। कार्यक्रममा टीओटी सदस्य जीवन केसी, स्टार अभिकर्ता आश्मा पोखरेललगायतको आतिथ्यतामा सक्रिय सहभागिता थियो।

कार्यक्रमलाई थप आकर्षक बनाउन कलिउड कलाकेन्द्र हेटौंडाबाट नृत्य प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो। प्रशिक्षक माधवप्रसाद शर्माको संयोजनमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो। हेटौँडा ब्रान्चका किरण पौडेलले वार्षिक ७२ वटा पोलिसी बिक्री गरी सर्वाधिक पोलिसी बिक्री गर्ने अभिकर्ताका रुपमा सम्मानित भए। उनी हाल एमडीआरडीमा आबद्ध छन्।

त्यसैगरी सन् २०२६ का लागि एमडीआरटी हासिल गर्ने अभिकर्ताहरु मेनुका मैनाली, रिना कुमारी र रामहरि प्रसाई र शाखाको सञ्जालबाट प्रथम, द्वितीय र तृतीय क्रमशः विमला न्यौपाने, किरण पौडेल र रामहरि प्रसाई तथा व्यक्तिगत कोडतर्फ एमडीआरटीहरु भूमिनन्द गौतम, मेनुका मैनाली र रामहरि प्रसाईलाई विशेष सम्मान गरिएको थियो।
त्यसैगरी सबै एमडीआरटीहरुको केक सेलिब्रेसनसमेत गरिएको थियो। प्रथम एमडीआरटी २०२७ का लागि जीवनकुमार खत्रीको समेत केक सेलिब्रसन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सुशील प्रतापले बीमा क्षेत्रको महत्वबारे प्रकाश पार्दै भविष्य सुरक्षित गर्न जीवन बीमा अनिवार्य भएको बताए। उनले अभिकर्तालाई अझ सक्रिय र जिम्मेवार भई कार्य गर्न प्रेरित गरे।
कार्यक्रममा उपस्थिति सबैलाई कार्यक्रमका सभापति तथा हेटौँडा शाखा प्रमुख नारायण कार्कीले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन राजकुमार चौलागाईंले गरेका थिए।

