News Portal

  • नेजा स्थापना दिवसःनेपालमा प्रवासी लगानी विषयक अन्तर संवाद देखि रक्तदानसम्म

    आर्थीकसंसार संवाददाता२८ चैत, २०८२
    १६ पटक
    २८ चैत, २०८२

    काठमाडौं । उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ  स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ। नेजाले टेक्ससको ड्यालसमा अप्रिल १८ र १९ तारिखमा विविध कार्यक्रम आयोजना गरी १९ औं स्थापना दिवस मनाउन लागेको हो ।

    नेजाले स्थापनाको दिवसको अवसरमा नेजा कन्क्लेभको रुपमा अप्रिल १८ मा  नेपाल अमेरिका सम्बन्धका बारेमा संवाद कार्यक्रम गरिनुका साथै विविध समुदाय अमेरिकाको शक्ति शिर्षकमा  मन्तव्य श्रृखंलाको आयोजना गरिएको छ । जसमा अमेरिकाको राज्य सांसदहरुका साथै विभिन्न शहरका जनप्रतिनिधिहरु, नेपाली कुटनीतिज्ञ, समुदायका अगुवाहरु र संचारकर्मी हरुले धारणा राख्नेछन् । सोही दिन , मिडियामा विविधता र समुदायका मुद्दाहरु सन्दर्भमा तथा विश्वव्यापी मिडियामा नेपाल प्रतिनिधित्व, वास्तविकता र विश्वव्यापी दृष्टिकोण सम्बन्धमा प्यानलगत संवादको कार्यक्रम रहेको छ । यस्तैं, डायस्पोरामा सामुदायिक मिडियाको व्यवस्थापनका सन्दर्भमा लामो समयदेखि डायस्पोरामा सामुदायिक मिडिया संचालन गरि रहेकाहरुको अनुभव आदान प्रदानको कार्यक्रम रहेको छ ।

    यसैगरी, अप्रिल १९ तारिखमा ड्यालसको अर्विङमा नेपालमा प्रवासी लगानीका सन्दर्भमा अन्तरक्रियात्मक संवाद कार्यक्रमको आयोजना गरिएको छ । नेपाल सरकार, महावाणिज्य दुतावासको कार्यालय डलास, टेक्ससको सहकार्यमा नेजाले गर्नका लागेको अन्तरक्रियामा व्यवसायी, लगानीकर्ता र पत्रकार संचारकर्मी हरुको सहभागिता रहनेछ । दुवै कार्यक्रममा नेपालका कुटनितिज्ञहरुको पनि सहभागिता रहनेछ । यस्तैं, नेजा

    स्थापना दिवसको सन्दर्भ पारेर अप्रिल १९ बिहान ९ बजेदेखि ३ बजेसम्म ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्य तथा युथ मेडिकल एलायन्स एशोसिएशनको सहयोगमा रक्तदान गर्दैछ ।

    प्रतिकृया दिनुहोस्