News Portal

  • पेशागत बीमा अभिकर्ता संघको अध्यक्षमा खत्री निर्विरोध, कार्यसमितिमा अरू को को चुनिए ?

    आर्थीकसंसार संवाददाता२८ चैत, २०८२
    ११ पटक
    २८ चैत, २०८२

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनले ओम बहादुर खत्रीको नेतृत्वमा सर्वसम्मतरूपमा नयाँ कार्यसमिति चयन गरेको छ।

    काठमाडाैंमा चैत्र २७ र २८ गते आयोजित महाधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो। नेपाल लाइफका वरिष्ठ अभिकर्ता खत्री, निवर्तमान् कार्य समितिमा महासचिव रहेका थिए।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार, महाधिवेशनले संघको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र सचिवसहितका पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ।

    निर्विरोध निर्वाचित अध्यक्ष ओम बहादुर खत्रीलाई अंकमाल गरेर बधाई दिंदै संघका निवर्तमान अध्यक्ष केदारनाथ अधिकारी

    वरिष्ठ उपाध्यक्ष दिपक अर्याल(नेशनल लाइफ), उपाध्यक्ष महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद शर्मा जैशी, शंकर बहादुर कुँवर, सुर्य बहादुर भट्टराई, धुर्व गिरी र श्याम प्रसाद भट्टराई रहेका छन्। यसैगरी महासचिव कल्याण विक्रम पाण्डे(एलआइसी नेपाल), सचिव खुल्लामा बसन्त विक्रम कुँवर र अम्बिका गौतम, सचिव महिलामा सीता दाहाल, कोषाध्यक्ष (खुल्ला) नानि माया सापकोटा, सह-कोषाध्यक्ष (महिला) दुर्गा कुमारी भट्टराई रहेका छन्।

    यसबाहेक खुल्लातर्फ कार्य समिति सदस्यहरूमा मष्टी प्रसाद जैशी,  ज्ञान प्रसाद पौडेल, कृष्ण बहादुर रिमाल, घनश्याम बुढाथोकी,गोविन्द प्रसाद गिरी,गोमान सिंह रावत, इन्द्र बहादुर थापा, दिपक कुमार लामिछाने, राजु भण्डारी, हरि शरण शिवाकोटी, मदन प्रसाद यादव, निरज कुमार भट्ट, डिल्ली प्रसाद गड्तौला र महेन्द्र प्रसाद यादव रहेका छन्।

    महिला सदस्यहरूमा रविना के.सी. अधिकारी, खुमा कुमारी बुढा,गंगा कुमारी शर्मा पराजुली, लिला अधिकारी, नानु माया खड्का, सुभद्रा अधिकारी र सरस्वती गौतम रहेका छन्। यसबाहेक सदस्यहरू दलित, जनजाती, आदिवासी, मधेशी कोटाबाट अर्जुन राई र रोशन यादव रहेका छन् ।

    निर्वाचन अधिकृत मदन रेग्मी तथा सहायक निर्वाचन अधिकृतहरू सुरेन्द्र सिंह ऐर र रामहरी रेग्मीद्वारा प्रमाणित नतिजा अनुसार सबै पदमा एकल उम्मेदवारी परेकाले उहाँहरूलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो।

    प्रतिकृया दिनुहोस्