News Portal

  • सिद्धार्थ बैंकका संस्थापक अग्रवाल र केडिया बाहिरिने, बिक्रीमा राखे सेयर

    आर्थीकसंसार संवाददाता२६ चैत, २०८२
    १६ पटक
    २६ चैत, २०८२

    काठमाडौं । सिद्धार्थ बैंकबाट २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जगदिश कुमार अग्रवाल र सुबोध कुमार केडियाले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् ।

    बैंकका अनुसार अग्रवालले आफ्नो नाममा रहेको ५ लाख ४४ हजार १६४ कित्ता र केडियाले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

    खरिद गर्न इच्छुक लगानीकर्ताहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधि भित्र खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्