News Portal

  • महिला समूहसँग नेपाल बीमा प्राधिकरणद्वारा बीमा अन्तर्क्रिया सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
    १५ पटक
    २२ चैत, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगरका स्थानीय महिला समूहसँग शनिबार बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ । महिलाहरूमा बीमाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्याक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा बोल्दै नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रिती देवले जीवन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा लगायतका बीमाका प्रकारहरूबारे जानकारी गराइन् । उनले विपद्, दुर्घटना तथा आकस्मिक आर्थिक जोखिमबाट जोगिन बीमा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै बीमाको महत्व प्रक्रिया र दावी प्रक्रियाका विषयमा उपस्थित महिलाहरुलाई जानकारी दिइन् ।

    कार्यक्रममा सहभागी महिलाहरूले बीमा सम्बन्धी बीमा पछी रोग लाग्यो भने पाँउने सुविधा , बीमा गर्नुपर्ने व्याक्ति रोगी छ भने बीमा हुन्छ कि हुर्दैन , पि आई डि को सुविधा कसरी ले र समुहमा बीमा कुन कुन गर्न सकिन्छ लागायतको विषयमाआफ्ना जिज्ञासा राखेका थिए । सो कार्यक्रममा विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच, प्रक्रिया तथा विश्वासको विषयमा प्रश्नहरू उठाइएको थियो ।

    प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले सहभागीबाट आएको जिज्ञासाको जवाफ दिँदै बीमा प्रक्रियालाई सहज र पहुँचयोग्य बनाउने प्रयास भइरहेको जानकारी गराइन् । उनले विपद् तथा स्वास्थ्य समस्याका समयमा बीमाले आर्थिक सहारा दिने गरेको बताउर्दैँ हामीले आर्जन गरेको केही बचतबाट बीमा गर्न आवश्यक रहेको बताइन् ।

    उनले महिला समूहहरूलाई समूहगत रूपमा बीमा योजना अपनाउन र समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत आग्रह गरिन् । कार्यक्रममा विभिन्न ४ बटा भर्जन समुहका करिव ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्