आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
२२ चैत, २०८२काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भीषण पहिरो गएको छ। नेप्से परिसूचक १०५.५ अंकले घटेर २६७६.६८ को विन्दुमा झरेको हो।
उच्च अंकले बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै १३ समूह घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ६.०९ प्रतिशतले घटेको छ।
बजारमा आज ७ कम्पनीको शेयरभाउ बढ्दा २६१ कम्पनीको घटेको छ। यो दिन बजारमा १२ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ५८ करोड २८ लाख रुपैयाँ
- शिवम सिमेन्टः ४५ करोड २५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ४२ करोड ६ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ३६ करोड ७६ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३४ करोड ४९ लाख रुपैयाँ
- अपी पावरः ३२ करोड ९८ लाख रुपैयाँ
- कुमारी बैंकः ३२ करोड ९२ लाख रुपैयाँ
- रिडी पावरः ३० करोड ९३ लाख रुपैयाँ
- एसवाई प्यानलः ३० करोड ७१ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २६ करोड ९ लाख रुपैयाँ
