News Portal

  • इन्धन बचत गर्न बंगलादेशी बीमा नियामकले ल्यायो यस्ता नियम

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८२
    १८ पटक
    २२ चैत, २०८२

    काठमाडौं । बंगलादेशी बीमा नियामक बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) ले ऊर्जा र बिजुली बचत गर्न बीमा कम्पनीहरुका लागि नयाँ तालिका सार्वजनिक गरेको छ। बंगलादेश सरकारले घोषणा गरेको संशोधित कार्यालय तालिकाअनुसार आईडीआरएले यो निर्णय गरेको हो।

    बंगलादेशको वित्त मन्त्रालयको वित्तीय संस्था महाशाखाले पठाएको निर्देशनको जबाफमा आईडीआरएले आज आइतबारमा बीमा कम्पनीहरुलाई पत्र पठाएको छ। नयाँ तालिकाअनुसार जीवन र निर्जीवन बीमा कम्पनीका कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन्। शुक्रबार र शनिबार साप्ताहिक बिदा हुनेछन्।

    यो तालिका अर्को सूचना नभएसम्म लागू रहने आईडीआरएले जनाएको छ।

    यसअघि शनिबारमा सार्वजनिक प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबमोजिम बंगलादेशका सबै सरकारी तथा निजी कार्यालयका लागि नयाँ तालिका स्थापित गर्दै राजपत्र सूचना जारी गरेको थियो। सूचनाअनुसार आज आइतबारदेखि अर्को सूचना नभएसम्म सबै कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन्। यद्यपि, आपतकालीन सेवा यस नयाँ कार्यालय तालिकाको दायराबाहिर रहनेछन्। –एजेन्सी

    प्रतिकृया दिनुहोस्