News Portal

  • एशियन लाइफ इन्स्योरेन्स १९ औँ वर्षमा प्रवेशः १८ वर्षमा उल्लेख्य प्रगति

    आर्थीकसंसार संवाददाता२१ चैत, २०८२
    १७ पटक
    २१ चैत, २०८२

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १९ औँ वर्षमा प्रवेश गरेको छ। डेढ दशकभन्दा लामो व्यवसायिक यात्रा तय गरेको कम्पनीले यस सुखद् अवसरमा आफ्ना बीमित, अभिकर्ता, कर्मचारी तथा सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै १८ वर्षका मुख्य उपलब्धि र वित्तीय विवरणहरु सार्वजनिक गरेको छ।

    कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार एशियन लाइफको वित्तीय स्थिति अत्यन्त सबल देखिएको छ। कम्पनीको अधिकृत पुँजी ६ अर्ब रुपैयाँ पुगेको छ भने चुक्तापुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ (५% बोनस शेयर सूचीकरण पश्चात्) कायम भएको छ।

    कम्पनीले हालसम्म हासिल गरेका केही प्रमुख वित्तीय सूचांक निम्न छन्ः

    • कुल लगानीः ५० अर्ब ४५ करोड रुपैयाँ
    • जीवन बीमा कोषः ५० अर्ब ८५ लाख रुपैयाँ (२०८२ पुस मसान्तसम्म)
    • कुल बीमाशुल्क आर्जन (सुरुदेखि)ः ६७ अर्ब ९६ करोड रुपैयाँ
    • कुल बीमाशुल्क आर्जनः ६ अर्ब ५२ करोड रुपैयाँ

    विस्तारित बजार र पहुँच

    • एशियन लाइफले देशव्यापी रुपमा आफ्नो सञ्जाल विस्तार गर्दै बीमा सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन सफल भएको छ।

    कम्पनीको पछिल्लो तथ्यांकअनुसारः

    • बीमालेख संख्याः २० लाख ४३ हजारभन्दा बढी
    • अभिकर्ता संख्याः १ लाख २२ हजार
    • कर्मचारी संख्याः ४३५ जना
    • शाखा तथा उपशाखा संख्याः १२७ वटा

    कम्पनीले आफ्नो लगानीलाई विविधीकरण गर्दै हवाई, पर्यटन, जलविद्युत, बैंक र बीमा क्षेत्रमा समेत लगानी विस्तार गरेको छ। यसका साथै एशियन क्यापिटल यसको सहायक कम्पनीका रुपमा रहेको छ।

    वार्षिकोत्सवको अवसरमा कम्पनीले आगामी दिनमा आफ्ना बीमित र शेयरधनीको जायज अपेक्षालाई सम्बोधन गर्दै अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ‘सबैका लागि सधैँका लागि सुरक्षा’ भन्ने मूल नाराका साथ अघि बढेको कम्पनीले नेपाल बीमा प्राधिकरणलगायतका नियामक निकाय र सञ्चारकर्मीप्रति पनि आभार प्रकट गरेको छ।

    प्रतिकृया दिनुहोस्