आर्थीकसंसार संवाददाता२० चैत, २०८२
२० चैत, २०८२काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईको ८ हजार कित्ता र निरज पोख्रेलको नाममा रहेको १२ हजार ४०० कित्ता गरी २० हजार ४०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
संस्थाले यसअघि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरेको शेयर सो अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरेको हो ।
शेयर खरिद गर्ने चाहने जो कोहिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति आज चैत २०गतेले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कटहरी २ मोरङमा आवेदन दिनुपर्नेछ ।
