News Portal

  • नेशनल लाइफ पेशागत अभिकर्ता संघको अध्यक्षमा राजेन्द्र चन्द

    आर्थीकसंसार संवाददाता१५ चैत, २०८२
    १८४ पटक
    १५ चैत, २०८२

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पेशागत अभिकर्ता संघको अध्यक्षमा राजेन्द्र बहादुर चन्द चयन भएका छन् । चैत १३ गते लुम्बिनी प्रदेशको तिलोत्मा नगरपालिमा रहेको द्धि क्राउन होटलमा सम्पन्न राष्ट्रिय अधिवेशनले चन्दको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

    त्यस्तै अभिकर्ता संघको वरिष्ठ उपाध्यक्षमा शंकर लामिछाने चयन भएका छन् भने ७ उपाध्यक्षमा कोशी प्रदेशबा याम कुमार राइ, मधेश प्रदेशबाट राजेश यादब, बागमति प्रदेशबाट लिला कुमारी अधिकारी, गण्डकी प्रदेशबाट भुवानी प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट चुडामणी सुवेदी, कर्णाली प्रदेशबाट पुस्पा खड्का र सुदुरपश्चिम प्रदेशबाट मञ्ज भट्ट सर्वसम्मत रुपमा चयन भएका छन् ।

    त्यस्तै सचिवमा यति राज अधिकारी, ३ जना सह सचिवमा मनोज कुमार अधिकारी, निराज राइ र राधिका कुमारी बस्नेत चयन भएका छन् । कोषध्यक्षमा इयाम कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा बसन्त थापा चयन भएका छन् ।

    केन्द्रीय सदस्यमा भोला शाह, नेपालमान श्रेष्ठ, चन्दा कुमारी रविदास, वविता कुमारी सिङदन, रेखा देवी ठाकुर, नागेन्द्र कुमार दास, गोपाल अधिकारी, ट्कराज मगर, हिरालाल श्रेष्ठ, सन्तोष गुरुङ, प्रदिप दाहाल, उर्मीला अर्याल पाण्डे, नविन काफ्ले, पूर्ण बहादुर महतराज, रतन सिंह चाट, सन्तराज ठकुल्ला र भक्त बहादुर बुढा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्