News Portal

  • सिटिजन्स बैंकको १ लाख ६९ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०८२
    २१५ पटक
    ३ चैत्र, २०८२

    काठमाडौं । सिटिजन्स बैंकको १ लाख ६९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

    बैंकको संस्थापक समूहको १ लाख ६९ हजार २१३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा बैंकमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले यो अवधिभित्र काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ।

    प्रतिकृया दिनुहोस्