News Portal

  • गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्य बन्ने

    आर्थीकसंसार संवाददाता१ चैत, २०८२
    १४ पटक
    १ चैत, २०८२

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभामा मनोनित हुने भएका छन् । सरकारले उनको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्तासमेत रहेका अर्यालले आफ्नो नाम मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको जानकारी दिए ।

    अर्यालका अनुसार बैठकले जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा विध्वंश छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनसमेत ग्रहण गर्ने निर्णय गरेको छ ।

    उनले जलवायु कार्य गर्नको लागि हरित जलवायु कोषबाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममार्फत प्राप्त हुने २ करोड ४२ लाख ६७ हजार चार सय २७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिए ।

    उनले भने, ‘२०८२ भदौ २३ र २४ को प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी नेपाल सरकार, मन्त्रिपरिषद्ले ग्रहण गर्ने निर्णय गरेको छ । ओमप्रकाश अर्याल, गुल्मीलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ।’

    मध्यपूर्वमा बढ्दो तनावका कारण प्रभावित नेपाली नागरिकको उद्दार तथा व्यवस्थापनका लागि विभिन्न देशका दूतावासमार्फत व्यवस्था मिलाउने निर्णय भएको पनि अर्यालको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्