News Portal

  • लामिछाने र बालेनलाई नरेन्द्र मोदीको टेलिफोन, नेपाल–भारत सम्बन्ध उचाइमा पुग्ने विश्वास

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०८२
    ८ पटक
    २६ फागुन, २०८२

    काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् ।

    प्रधानमन्त्री मोदीले सोमबार उनीहरूसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उनीहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

    साथै उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिए ।

    प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल-भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्