News Portal

  • गणपति लघुवित्तको साधारण सभा चैत १३ गते, यस्ता छन् एजेन्डा

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०८२
    १८४ पटक
    १८ फागुन, २०८२

    काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार गर्ने भएको छ । सभा बिहानको ११ः३० बजे होटल डेब्रेक, पोखरा ३१ बेगनास कास्कीमा गर्ने भएको हो । संस्थाको सञ्चालक समितिको फागुन १५ गते शुक्रबारका दिन बसेको १४० औं बैठकको निर्णयअनुसार सभाको मिति तय भएको हो ।

    सभाले सञ्चालक समितिका अध्यक्षले पेश गरेको वार्षिक प्रतिवेदन पारित गर्ने, २०८२ साल असार मसान्तसम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आर्थिक वर्ष २०८१ /२०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ ।

    सभाले आर्थिक वर्ष २०८२/२०८३ को कारोवारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने(हाल बहालवाला लेखापरीक्षक पिवाईसि एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्स् पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

    सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने, संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरू गाभ्ने गाभिने तथा प्राप्त गर्ने प्रयोजनका लागि उपयुक्त संस्थाहरू पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिने, सम्पत्ति तथा दायित्वहरूको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र सम्बन्धित कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

    प्रतिकृया दिनुहोस्