News Portal

  • गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता१० फागुन, २०८२
    १० पटक
    १० फागुन, २०८२

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएकखो छ । कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि शेयर बिक्रीमा ल्याएको हो ।

    कम्पनीले संस्थापक शेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

    संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यसै कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै उक्त शेयर खरीद गर्नका लागि निवेदन दिन सक्नेछन्।

    सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित चारखालरोडमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।

    तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट लिखित जानकारी प्राप्त हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्