News Portal

  • नेपालकी सोना श्रेष्ठ एडीबीको महानिर्देशकमा नियुक्त

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८२
    ९ पटक
    २९ माघ, २०८२

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशकमा नियुक्त गरेको छ । श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् ।

    श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो ।

    श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको कार्य अनुभव छ । अर्थशास्त्र विषयमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेकी श्रेष्ठले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।

    सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका हुन् ।

    प्रतिकृया दिनुहोस्