News Portal

  • सिटिजन्स लाइफको कुल बीमाशुल्क आर्जन २२.५२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता२६ माघ, २०८२
    १४ पटक
    २६ माघ, २०८२

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमास (साउन–पुस) सम्ममा ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा  कम्पनीले ३ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

    अघिल्लो आवको तुलनामा चालु आवको दोस्रो त्रैमाससम्ममा कुल बीमा शुल्क २२.५२ प्रतिशतले बढेको छ । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २२.२२ प्रतिशतले बढेको छ । कम्पनीले गत वर्ष ३ अर्ब १८ करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिसम्ममा ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

    चालु आवको पुससम्ममा कम्पनीको नाफा सामान्य बढेको छ । ६ महिनामा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको यही अवधिमा २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ०.२४ प्रतिशतले बढेको छ ।

    पुससम्ममा कम्पनीको महाविपत्ति कोषमा२५ करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको महाविपत्ति कोषमा २३ करोड ३ लाख रुपैयाँ थियो । त्यस्तै समिक्षा अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ३५ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ६३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब १५ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३६ करोड ८९ लाख रुपैयाँ थियो ।

    पुससम्ममा कम्पनीको जीवन बीमा कोषमा २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा कम्पनीको जीवन ३५.३९ प्रतिशतले बढेको छ ।

    शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.२६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ११.७३ रुपैयाँ थियो । पीई रेसियो ५१.१८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्