News Portal

  • राष्ट्रिय वाणिज्य बैंकबाट बाहिरिए डीसीईओ लोहनी

    आर्थीकसंसार संवाददाता२६ माघ, २०८२
    १६ पटक
    २६ माघ, २०८२

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देवेश प्रसाद लोहनीले बैंकबाट अनिवार्य अवकाशमा पाएका छन् । ३० वर्ष सेवा पूरा गरी गत शनिबार अनिवार्य अवकाश पाएको लोहोनीले जानकारी दिए ।

    लोहनीले अवकाशपछि केही समय आराम गर्ने र भविष्यमा उपयुक्त अवसर आएमा त्यसबारे निर्णय गरेर अघि बढ्ने बताए । आवश्यकता र अनुकूलताका आधारमा आगामी योजना तय गर्ने उनको भनाइ छ ।

    विसं २०५१ मंसिर १ गते राष्ट्रिय वाणिज्य बैंकमा कम्प्युटर प्रोग्रामर (तह-७) को रूपमा बैंकिङ सेवामा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । साथै उनीसँग सूचना प्रविधि क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा कोर्सहरू पनि लिएको अनुभव छ ।

    लोहनीले बैंक सेवाकालमा बीचमा असाधारण बिदा (सेवा अवधिमा गणना नहुने बिदा) लिएका कारण सेवा अवधि केही समय लम्बिएको स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्