News Portal

  • नेपाल बीमा प्राधिकरणको सञ्चालकमा सुमन दाहाल नियुक्त

    आर्थीकसंसार संवाददाता२१ माघ, २०८२
    २० पटक
    २१ माघ, २०८२

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा डा. सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सहसचिव दाहाललाई मन्त्रालयले प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।

    प्राधिकरणको सञ्चालक समितिमा अध्यक्षसँगै अर्थमन्त्रालयको सहसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहसचिव, जीवन बीमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिमध्येबाट एक जना र निर्जीवन बीमा व्यवसायमा ज्ञान भएका मध्येबाट एक जना गरी कुल पाँच जनाको सञ्चालक समिति गठन हुने व्यवस्था छ।

    तर प्राधिकरणको सञ्चालक समितिमा पनि सरकारी अधिकारीकै रजगज छ ।

    बीमा ऐनअनुसार सञ्चालक समितिमा महिला सदस्य अनिवार्य छ । यसअघि महिला सदस्य राधा पोखरेलले राजीनामा दिएपछि सो पद खाली हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्