२० माघ, २०८२काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १० स्थित होटल ओल्ड दरबारमा कृषि पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले माघ १३ गते मङ्गलबारकादेखि माघ १५ गते बिहिबारसम्म तालिम सञ्चालन गरेको हो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कम्पनीका प्रतिनिधि साथै विभिन्न जिल्लाहरूबाट अभिकर्ताहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा १५ जना सहभागीहरूले सहभागिता जनाई सफलतापूर्वक प्रमाणपत्र प्राप्त गरे । कार्यक्रम सञ्चालक उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए । अभिकर्ता तालिम प्राप्त गरिसके पश्चात अभिकर्ताहरू कृषकहरूकोमा गई कृषकहरूको अधिकतम मात्रामा सुरक्षण प्रदान गर्ने र कृषि बीमाको दायरा बढ्ने विश्वास कम्पनीले राखेको छ।

