Skip

News Portal

  • नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड–२०२६ सम्पन्न

    आर्थीकसंसार संवाददाता१९ माघ, २०८२
    २८६ पटक
    १९ माघ, २०८२

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एम.डी.आर.टी अचिभर्स अवार्ड–२०२६’ सम्पन्न गरेको छ।

    माघ १३ देखि १५ गतेसम्म पोखरामा आयोजित एक कार्यक्रममा सन् २०२५ जनवरीदेखि डिसेम्बरसम्मको कार्यसम्पादनका आधारमा एम.डी.आर.टी २०२६ का लागि योग्य ठहरिएका ११० जना अभिकर्तालाई सम्मान गरिएको हो ।

    कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले गरेका थिए ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले अन्तर्राष्ट्रिय एम.डी.आर.टी मापदण्ड पूरा गरी सम्मानित हुन सफल अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरे ।

    उनले एम.डी.आर.टीमार्फत अन्तर्राष्ट्रिय अनुभव र असल अभ्याससँग साक्षात्कार हुने अवसरले नेपालमा बीमा क्षेत्रको नीति निर्माण र व्यावसायिक उन्नयनमा समेत योगदान पुग्ने बताए ।

    स्वागत मन्तव्यमा सीईओ पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा बीमाको पहुँच अझ विस्तार गर्दै कम्पनीको उपस्थितिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    तीन दिनसम्म चलेको समारोहमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्