News Portal

  • हिमालयन डिस्टिलरीले बढायो नाफा, अन्य सूचकमा पनि सुधार

    आर्थीकसंसार संवाददाता१८ माघ, २०८२
    १२ पटक
    १८ माघ, २०८२

    काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४४ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को पुससम्म कम्पनीले ४० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १०.७३ प्रतिशतले बढेको छ।

    चालु वर्षको पुससम्म कम्पनीको कुल आम्दानी ३ अर्ब २३ करोड ३० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीको कुल आम्दानी ३ अर्ब ३ करोड २२ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी पनि ६.६२ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिमा कम्पनीले उत्पादन बिक्री गरेर १ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.२४ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ३ अर्ब ६८ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा ७६ करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको रिजर्भ र सरप्लसमा ५५ करोड ३३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा रिजर्भ र सरप्लसको आकार ३९.१४ प्रतिशतले बढेको छ।

    समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २४.३१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस २१.९६ रुपैयाँ थियो। पीई रेसियो ४६.८४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२०.८७ रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस्