१६ माघ, २०८२काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्नो मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत बागमती र मधेश प्रदेशका चयनित अभिकर्ताहरूलाई लक्षित गरी आयोजित १ दिने अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) स्मृतिराज कँडेलको सभापतित्वमा सम्पन्न सो तालिममा धुलिखेलस्थित होटल सारथीमा २८० जना अभिकर्ताहरू सहभागी भएका थिए ।
प्रशिक्षक काजिम रजाले तालिममार्फत एमडिआरटीको लक्ष्य हासिल गर्ने रणनीति र व्यवहारिक उपायहरू प्रस्तुत गर्दै सहभागीहरूलाई व्यावसायिक दक्षता वृद्धि गर्ने विषयमा मार्गदर्शन गरेका थिए ।
डीसीईओ कँडेलले अभिकर्ता पेशालाई अझ व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले अभिकर्ता मैत्री मासिक र वार्षिक योजना जारी गर्दै आएको र ‘प्रेरणा, प्रगति र पेशागत उत्कृष्टता’ नाराका साथ तालिम कार्यक्रम सञ्चालन गरिएको बताएका थिए ।
कम्पनीका अनुसार देशभरबाट ७०० भन्दा बढी अभिकर्ताहरू चयन हुनु यस योजनाको ठूलो सफलता भएको प्रमाण हो । कार्यक्रममा शाखा स्तरिय प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरियो ।
एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले पनि तालिममार्फत अभिकर्ताहरूले प्रतिस्पर्धात्मक बजारमा आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्न सक्ने बताए ।


