News Portal

  • पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो, वीरगञ्जबाट मात्रै ९० अर्बको भित्रियो

    आर्थीकसंसार संवाददाता१३ माघ, २०८२
    १६ पटक
    १३ माघ, २०८२

    काठमाडौं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा २ अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको हो ।

    चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ । जबकि गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    भन्सार कार्यालयका अनुसार चालु आवको ६ महिनामा ४५ अर्ब ३८ करोड रुपैयाँ पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड रुपैयाँको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै १४ अर्ब ७९ करोड रुपैयाँको एलपीजी ग्यास आयात हुँदा २ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    प्रतिकृया दिनुहोस्