News Portal

  • नेशनल लाईफद्वारा कोशी प्रदेशका ३०० अभिकर्ता सम्मानित

    आर्थीकसंसार संवाददाता११ माघ, २०८२
    १८ पटक
    ११ माघ, २०८२

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्ताहरूलाई सम्मान गर्दै सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झापाको बिर्तामोडस्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न भएको हो ।

    आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन लक्ष्य पूरा गरी कोशी प्रदेशबाट योग्य ठहरिएका ३०० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा प्रदेश अन्तर्गतका शाखा कार्यालय प्रमुखहरूको उपस्थितिमा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।

    पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब सदस्यता वितरण गर्दै अभिकर्ताहरूलाई सम्मान गरे । साथै, कोशी प्रदेशबाट आफ्नो कोड र संजालअन्तर्गत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

    यसै अवसरमा कम्पनीको वार्षिक योजना अन्तर्गत सञ्चालन गरिएको नेशनल अवार्ड योजना अन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाईफको लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गरिएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले सीईओ क्लब तथा नेशनल अवार्ड योजनाअन्तर्गत योग्य अभिकर्ताहरूलाई प्रदेशस्तरमै सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले कम्पनीले सञ्चालन गरेको सीईओ क्लब योजनाबाट देशभरबाट १६ सयभन्दा बढी अभिकर्ता छनोट हुनु योजनाको सफलताको प्रमाण भएको उल्लेख गरे । साथै, सबै तहका अभिकर्तामाझ लोकप्रिय हुने यस्ता प्रोत्साहनमूलक योजनाहरू ल्याउन कम्पनी निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले अभिकर्ताहरूलाई मोटिभेसनल तालिम प्रदान गरेका थिए । सहभागी अभिकर्ताहरूले तालिमबाट थप ऊर्जा प्राप्त भएको र आफ्नै प्रदेशमा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका थिए ।

     

    प्रतिकृया दिनुहोस्